No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, तीन जनाको मृत्यु

0

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्कर जान लागेको जन्ती बस शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जानकारी दिएका छन् ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र दुलाहासहित ३२ जना घाइते भएका त्रिपुरासुन्दरी–५ का वडाध्यक्ष यादव श्रेष्ठले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर लगिएको छ भने दुलहासहित अन्य घाइतेलाई वडा कार्यालयमै प्राथमिक उपचार भइरहेको छ ।

प्रकाशित: ७ बैशाख २०८१, शुक्रबार ०३:०२

Leave a Reply