No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इजरायलद्वारा इरानमा क्षेप्यास्त्र हमला

0

बीबीसी । इजरायलले इरानमा क्षेप्यास्त्र प्रहार गरेको छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले मध्यइरानको इस्फहान प्रान्तस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै विस्फोटन सुनिएको जानकारी पाएको उल्लेख गरेका छन् ।

त्यसपछि कैयौँ सहरमा उडान रद्द गरिएको छ । गत शनिवार राति इरानले इजरायललाई लक्ष्य बनाउँदै ३०० वटाभन्दा बढी ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै पहिलो पटक सोझै आक्रमण गरेको थियो ।

इजरायलले उक्त आक्रमणको जवाफ दिने बताएको थियो। त्यस बेलादेखि नै इरानमा उच्च सतर्कता छ । इस्फहान इरानको राजधानी तेहरानभन्दा झन्डै ३५० किलोमिटर दक्षिणमा पर्छ ।

इस्फहान कैयौँ परमाणुकेन्द्र र एउटा मुख्य सैन्य आधार भएको सहर हो । सरकारी प्रसारक आईआरआईबीले विश्वस्त स्रोतलाई उल्लेख गर्दै त्यहाँ रहेका परमाणुकेन्द्रहरू ‘पूर्ण रूपमा सुरक्षित रहेको’ जनाएको छ ।

दक्षिणी सिरियामा रेडार केन्द्रहरूलाई निसाना बनाएको देखिने गरी विस्फोटन भएको विवरण आएका छन् । इराकको राजधानी बग्दाद र दक्षिणको बलिल प्रान्तमा समेत विस्फोटन भएको विवरण प्राप्त भएको छ।

प्रकाशित: ७ बैशाख २०८१, शुक्रबार ०४:३०

Leave a Reply