No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हमासको आक्रमणमा मारिएका आनन्द साहको परिवारलाई पाँच लाख सहयोग

0

जनकपुरधाम । इजरायलमा हमास समूहको आक्रमणमा परि गत असोज महिनामा मृत्यु भएका धनुषाका आनन्द साहको परिवारलाई मधेश सरकारले पाँच लाख सहयोग गरेको छ ।

मधेश सरकारबाट घोषणा भए अनुरुप मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रबार मृतक साहका बुवा सोमन साहलाई पाँचलाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

गत असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समूहले गरेको आक्रमणमा परि धनुषाको लक्ष्मिनिया गाउँपालिका ४ बस्ने आनन्द साह सहित अध्ययन भ्रमणमा रहेका १० जना विद्यार्थीको निधन भएको थियो ।

प्रकाशित: ७ बैशाख २०८१, शुक्रबार ०८:०३

Leave a Reply