No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गण्डकीमा मुख्यमन्त्रीको नियुक्तिबारे अन्तिम निर्णय नहुँदासम्म कांग्रेसले प्रदेशसभा बैठक बहिष्कार गर्ने

0

गण्डकी । नेपाली कांग्रेसले सर्वोच्चमा विचाराधीन मुख्यमन्त्रीको नियुक्तिबारे अन्तिम निर्णय नहुँदासम्म संसद बैठक बहिष्कार गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले नियुक्तिबारे अन्तिम निर्णय नभएसम्म संसद बहिष्कार गर्ने निर्णय गरेको हो । कांग्रेसले सभामुख कृष्णप्रसाद धिताललाई यसबारे पत्र लेखेर जानकारी गराएको छ ।

कांग्रेसले अधिवेशन आह्वान असंवैधानिक भएको भन्दै बैठक नगर्न सभामुखलाई आग्रह गरेको छ । गत २५ चैतमा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता खगराज अधिकारी एमालेका२२, माओवादी केन्द्रका सभामुखसहित ८ र एक जना स्वतन्त्र सांसदको समर्थनमा बहुमत संख्या ३१ पुर्याएर मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित: ७ बैशाख २०८१, शुक्रबार ०९:४०

Leave a Reply