सुमन सायमी, रविन्द्र कुमार श्रेष्ठ ।
स्वनिगः (काठमाडौं उपत्यका) मुलतः नेवाः भुमि भएको कुरा सर्वविदितै छ । नेवाः सभ्यता र ईतिहास अन्तर्गत यँहाका स्वदेशी नेवाः भूमीहरुको आफ्नै नेवाः पहिचान बोकेका नामहरु छन् ।
त्यस अन्तर्गत स्वनिगःको केन्द्रमा रहेको औपनिवेशिक नाम माइतीघर मण्डला, देशभरिका जनताहरूले विभिन्न आन्दोलन र मुद्दा लिएर अधिकारका लागि संघर्ष गर्नेहरुको केन्द्रविन्दु हो । विभिन्न कालखण्डमा सत्ता विरुद्दको संघर्षहरु एकत्रित हुने थलोको रुपमा परिचायक बनेको छ । विडम्बनाको कुरा, अधिकार पहिचानको संघर्षको परिचायक बनेको यो स्थानले भने आफ्नै मौलिक पहिचान र नाम गुमाउने स्थिति सिर्जना भएको छ । रैथाने नाम फिब्व ख्यःबाट षड्यन्त्रपुर्वक रुपमा यो स्थानलाई माईतिघर मण्डला भनिन थालियो । नयाँ नामले यो भूमिको स्वदेशी पहिचान बोकेको नाम नै विस्थापित गरि औपनिवेशिक नाम हाबी हुन गएको छ । यसले नेवाः राष्ट्रको आत्मसम्मानमा चोट पु¥याएको सम्पूर्ण नेवाःको बुझाइ रहेको छ । उपत्यका निर्माणको क्रममा नै रहेको नाम फिब्व ख्यः को अर्थ वालुवाको चौर भन्ने हुन्छ । एकातिर नाम विस्थापित गरि पहिचान मेट्ने काम भयो भने स्वदेशी भूमिमा जानलाई उनीहरुलाई नै निषेध पनि लगाइयो । निषेधाज्ञा तोडेको सुचना जारी भएलगत्तै केहि राहत महशुस गरि नेवाः पहिचान बोकेको नाम फिब्व ख्यः घोषणा गर्ने कार्यक्रम अन्तर्गत नेवाः राष्ट्रले २०८१ वैशाख ०१ गते औपनिवेशिक नाम माइतीघर मण्डलालाई वहिष्कार गर्दै फिब्व ख्यः नाम भएको फ्लेक्स राख्यौ । तर प्रशासनले हाम्रो पहिचान सहितको नाम रहेको बोर्डलाई त्यँहाबाट गायब बनाइदिएको छ जुन अति निन्दनीय मात्र छैन, औपनिवेशिकताको निरन्तरता पनि हो भनि बुझदछौ । यो कार्य फेरी पनि एकलराष्ट्रिय राज्यको चिन्तन बोक्ने सत्ताधारीहरुले यस भूमिका स्वदेशी रैथाने राष्ट्रमाथि गरेको दमन हो । यसले सत्ता र सरकार नेवाःको पहिचान स्वीकार्न तयार नरहेको कुरा प्रष्ट भएको छ । तसर्थ नेवाः पहिचान र सभ्यतालाई स्थापित गर्न निरन्तर संघर्षरत नेवाः राष्ट्रका जनताहरू जिल्ला प्रशासन कार्यालयलाई फिब्व ख्यः लेखिएको बोर्ड किन हटाईएको हो र सो बोर्ड कँहा छ भन्नेवारे कारण सहित स्पष्ट पारोस भन्ने चाहन्छौं ।
साथै २०८० चैत २४ गते भद्रकाली परिसरमा नेपाः मण्डल घोषणा कार्यक्रममा विभिन्न राष्ट्रियताहरूको शान्तिपुर्ण सांस्कृतिक झाँकी सहितको सहभागितामा प्रहरी प्रशासनको धरपकड र बलप्रयोगमा हाम्रा विविध सांस्कृतिक बाजा समेत बलजफ्ती पुर्वक खोसिएर जफत गरिएका छन् । ति साँस्कृतिक बाजाहरु कहाँ र कस्तो अवस्थामा राखिएको छ, तिनीहरु जस्ताको तस्तै यथाशिध्र ससम्मान फिर्ता दिन जोडदार माग गर्दछौ । जफतको क्रममा बाजागाजा टुटफुट भएको कुरा सञ्चार माध्यमले प्रकाशित गरेका भिडियोमा प्रष्टै देखिएको छ । सो क्षतिको जिम्मा पनि प्रशासनले लिनुपर्छ । प्रशासनद्वारा भएको यस्तो साँस्कृतिक अतिक्रमणको जिम्मेवारी प्रशासनले लिदै आगामी दिनको यस्तो अतिक्रमण नदोहो¥याउन पनि सचेत गराउन चाहन्छौ ।
यस सम्बन्धमा हामीले मितिः २०८१ वैशाख ३ गते पत्रकार सम्मेलन मार्फत हामीले सरकारलाई जानकारी गराएको प्रेस वक्तव्य पनि यसै ज्ञापन पत्रको साथ समावेश गरेको जानकारी गराउदछौ ।
मितिः २०८१ वैशाख ७
सुमन सायमी रविन्द्र कुमार श्रेष्ठ
संयोजक संयोजक
नेवाः राष्ट्रिय परिषद स्वनिगः विशेष व्यूरो