No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वर्तमान सरकारलाई सफल बनाउन आफ्नो पार्टीले सम्पूर्ण शक्ति लगाउँछः अध्यक्ष ओली

0

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो पार्टीले सम्पूर्ण शक्ति लगाउने बताएका छन् ।

शनिबारदेखि सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले जनताको समस्या समाधानका लागि सरकारले थालेका कार्य सकारात्मक भएको उल्लेख गरे ।

उनले भने, ‘जनतामा रहेको निराशा चिर्दै अर्थतन्त्रलाई गतिशील तुल्याउन र सुशासन दिन सक्नुपर्छ ।’ उनले हतारोमा वाम ध्रुवीकरण वा प्रतिपक्षीलाई निषेध नभई संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्ने पनि बताए ।

उनले बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै प्रतिपक्षका विरुद्ध बनेको गठबन्धन अलोकतान्त्रिक र अराजनीतिक रहेको उल्लेख गरेका छन् । उनले घेराबन्दीका बाबजुद पनि समानुपातिकतर्फ सर्वाधिक मत ल्याएर जनताको रोजाइको एक नम्बर पार्टी बन्नु चानचुने नभएको बताए । उनले गठबन्धनको बलमा पहिलो पार्टी बने पनि कांग्रेसको जनाधार विगतमा भन्दा खस्किएको दाबी गरे ।

नेकपा एकीकृत समाजवादीलाई संकेत गर्दै अध्यक्ष ओलीले आम निर्वाचनमा जनमतबाट अस्वीकृत भएको दाबी गरे । उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पूँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद निकै कमजोर भयो र जनमतबाट एक किसिमले अस्वीकृत नै भयो।’

प्रकाशित: ८ बैशाख २०८१, शनिबार १०:०५

Leave a Reply