No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

0

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य दिएको छ । ओमनको अल अमेरत क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।

अन्तिम ओभरमा दीपेन्द्रले २ चौका र २ छक्कासहित २० रन प्रहार गरेका थिए। अविजित रहेका उनले २९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन बनाए ।

सन्दीप जोरा २२, कप्तान रोहितकुमार पौडेल २१ नेपालका ओपनर कुशल भुर्तेल शून्य, आशिफ शेख ५, सोमपाल कामी १२, करण केसी ३ र कुशल मल्ल १३ रनमा आउट भए । ललितनारायण राजवंशी २ रनमा अविजित रहे ।

हङकङका आयुष शुक्लाले सर्वाधिक ३ विकेट लिए। अतिक इकवाल, यासिम मुर्तजा र एहसान खानको नाममा १/१ विकेट रह्यो।

प्रकाशित: ८ बैशाख २०८१, शनिबार १२:२३

Leave a Reply