No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गगनको प्रश्नः अर्काको नाकको डाँडी उडीउडी भाँच्ने कुरा गर्दा वाहवाह, आफ्नोबारे सोध्दा मलाई के थाहा, भन्न पाइन्छ ?

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले खराब काम गर्ने कांग्रेस, एमाले, माओवादी वा नयाँ दल जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘कोही कांग्रेसले खराब काम गर्छ त्यसलाई थुन्ने हो, कोही एमालेले खराब काम गर्छ भने त्यसलाई थुन्ने हो, माओवादीले खराब काम गर्छ भने त्यसलाई पनि थुन्ने हो । तपाइँको जिल्लामा आएको नयाँ पार्टीको उम्मेदवार वा नेताले खराब काम गर्छ भन्ने थुन्ने कि के गर्ने भनेर मतदाताले प्रश्न गर्नुपर्छ । अर्काको नाकको डाँडी उडी उडी भाँच्ने कुरा गर्दा वाह वाह । आफ्नो बारे सोध्दा मलाई के थाहा, भन्न पाइन्छ?’

उनले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरे । उनले चुनाव अगाडिको गठबन्धन जनतालाई धोका भएको बताए । महामन्त्री थापाले इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति चल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताए ।

प्रकाशित: ८ बैशाख २०८१, शनिबार १२:३९

Leave a Reply