No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित

0

काठमाडौँ । नेपाललाई पराजित गर्दै हङकङ एसीसी प्रिमियर कपमा तेस्रो भएको छ । शनिबार भएको खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै हङकङ तेस्रो भएको हो ।

योसँगै हङकङले एसीसी इमर्जिङ टिम्स एशिया कपमा स्थान बनाएको छ । नेपालले दिएको १४० रनको लक्ष्य हङकङले ३ बल बाँकी रहँदै ६ विकेट गुमाएर पूरा गर्यो । हङकङका अंशु रथले अविजित रहँदै सर्वाधिक ६५ रन बनाए । ५० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे ।

बाबर हयात २६ र एजाज खान १२ रनमा आउट हुँदा अन्य कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए। दीपेन्द्रसिंह ऐरीको नाममा २ विकेट रह्यो । त्यसअघि अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो ।

दीपेन्द्रसिंह ऐरीले २९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रन बनाए। सन्दीप जोरा २२, कप्तान रोहितकुमार पौडेल २१ऽ नेपालका ओपनर कुशल भुर्तेल शून्य, आशिफ शेख ५, सोमपाल कामी १२, करण केसी ३ र कुशल मल्ल १३ रनमा आउट भए ।

ललितनारायण राजवंशी २ रनमा अविजित रहे । हङकङका आयुष शुक्लाले सर्वाधिक ३ विकेट लिए। अतिक इकवाल, यासिम मुर्तजा र एहसान खानको नाममा १÷१ विकेट रह्यो।

प्रकाशित: ८ बैशाख २०८१, शनिबार १३:५८

Leave a Reply