No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शिक्षकहरूको दलीय आवद्धतालाई अन्त्य गर्ने रणनीति यस्तो हुन सक्छ कि शिक्षामन्त्रीज्यू !

0

केशवप्रसाद भट्टराई ।
१. राज्य कानुनद्वारा संगठित सेवामा रहेका शिक्षक वा कर्मचारी कसैले कुनै राजनीतिक आस्था राख्न सक्छन् । कुनै दल विशेषका पक्षमा आफ्नो शुभेच्छा राख्न सक्छन्, मतदान गर्न सक्दछन् । तर दलको सदस्यता ग्रहण गरेर पार्टी संरचनाका विभिन्न भूमिका/जिम्मेवारीमा रहन सक्दैनन् । त्यो पेशागत अनैतिकता हो । राज्यको कानुनले पनि निषेध गरेको नेपालका शिक्षक सङ्घ र संगठनहरू आवद्ध रहेको विश्व शिक्षक महासंघ (एजुकेसन इन्टरनेसनल र अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ,आइसिटु)को विधान अनुसार पनि उनीहरुका सदस्य संगठनहरू कुनै दलको सदस्य हुन र दलसँग आवद्ध हुन पाउँदैनन् । शिक्षा मन्त्रीले इ.आइ. र आइसिटियुको विधान पनि हेर्न सक्नुहुन्छ ।

२. शिक्षक महासंघसँग आवद्ध संगठनहरू, ती आवद्ध दलका नेता, अभिभावक र अन्य सरोकार समूहका र स्थानीय सरकारका प्रतिनिधिसँग राजधानीबाट अलि टाढा कुनै होटलमा एउटा वार्ताको आयोजना गरेर । त्यहाँबाट साझा निष्कर्ष नआउन्जेल बैठकस्थल छोड्न नपाइने व्यवस्था गरिएमा निकास त्यहीं निस्कन्छ । शिक्षक नेताहरू त्यस्तो वार्तामा आफूहरूको दलीय आवद्धताको औचित्य प्रस्तुत गर्न सक्दैनन् । शिक्षामन्त्रीजीले उक्त वार्ताको लागि एजुकेसन इन्टरनेसनलको महासचिवलाई समेत आमन्त्रण गरेर आफ्नो कुरा राख्न सक्नुहुन्छ ।

३. आफ्ना उचित कदमलाई निर्वाध रूपमा अघि बढाउन आफ्ना पक्षमा उभिने समूहहरूको दवाव र हस्तक्षेप निर्माण गरेर आफ्नो लक्ष प्राप्त गर्ने रणनीति अङ्गिकार गरौँ शिक्षा मन्त्रीज्यू । हाल आएर शिक्षक समुदायको राजनीतिक संलग्नताको विरूद्ध ठूलो जनमत निर्माण भैसकेको छ । कानुनद्वारा नै शिक्षक महासङ्घको नेतृत्वको चयन आमशिक्षक समुदायबाट प्रतक्ष निर्वाचनको माध्यमबाट हुने व्यवस्था गर्नु भएमा पनि यो समस्याको सहज समाधान हुन्छ ।

. अहिले शिक्षक महासङ्घ दलमा आवद्ध शिक्षक संगठनहरूको बन्दी छ । आम शिक्षक र शिक्षक महासङ्घवीच
प्रत्यक्ष सम्बन्धको अवस्थानै छैन । महासङ्घको नेतृत्व त आवद्ध सँस्थाहरूको नेतृत्वको दया र कृपाको पात्रको रूपमा बाँचेका छन् । महासङ्घले आफ्नो शक्ति र अधिकार आमशिक्षकबाट पाउने व्यवस्था नभएकोले महासङ्घ कमजोर र आवद्ध सँस्था सर्वशक्तिमान भएका छन् ।

शिक्षा मन्त्रालयले नेपालका शिक्षक सङ्घ र संगठनहरू सदस्य रहेको एजुकेसन इन्टरनेसनलसँग पनि सहयोग लिन सक्छ । हाल जे भइरहेको छ त्यो एजुकेसन इन्टरनेसनलको मूल्य, विधान र परम्परा विपरित छ, त्यसैले एजुकेसन इन्टरनेसनलका महासचिवलाई नै त्यस्तो वार्ता र वैठकमा आमन्त्रण गरेर आफ्ना कुरा राखेर र उनीहरूबाट पनि सहयोग लिन सकिन्छ ।

प्रकाशित: ११ बैशाख २०८१, मंगलवार ०३:४१

Leave a Reply