No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

द्वन्द्वका कारण इथियोपियामा ५० हजारभन्दा बढी विस्थापित

0

 

उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय समुमदायले प्रतिद्वन्द्वी क्षेत्रहरूमा लडाकूहरू संलग्न हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् ।

“अप्रिल १३÷१४ पछि टाइग्रे र छिमेकी अमहाराले दाबी गरेको अलामाता टाउन र राया अलामाता, जाटा र ओफलामा सशस्त्र झडपहरूबाट विस्तापित मानिसको सङ्ख्या ५० हजारभन्दा बढी भएको छ”, स्थानीय अधिकारीहरूलाई उदृत गर्दै राष्ट्रसङ्घले भनेको छ, “मानवीय अवस्था गम्भीर छ, हजारौँ महिला र बालबालिकालाई बाँच्नका लागि व्यापक मानवीय सहायताको आवश्यकता छ ।”

इथियोपियाको सरकार र क्षेत्रीय टाइग्रेयन अधिकारीहरूबीच दुई वर्षको युद्धमा अमहारा बलले दक्षिणी टाइग्रेमा राया अलमाता कब्जा गरेका छन् ।

प्रधानमन्त्री अबी अहमदी सरकार र टाइग्रेयन अधिकारीहरू बिचको शान्ति सम्झौताअन्तर्गत सङ्घर्षका क्रममा सङ्घीय सेनालाई समर्थन गरेको अमहारा सेनाले सन् २०२२ नोभेम्बरमा प्रिटोरियामा सम्झौतामा हस्ताक्षरपछि राया अलमाताबाट फिर्ता हुनुपर्ने थियो ।

सङ्घंीय सरकार र टिग्रेयन अधिकारीहरूले उत्तरी इथियोपियामा मिडियाको पहुँचमा कडा प्रतिबन्ध लगाइएको हुनाले स्वतन्त्र  अवस्थालाई प्रमाणित गर्न असम्भव छ ।

संयुक्त राज्य अमेरिका, जापान, बेलायत र फ्रान्सलगायत धेरै राष्ट्रका दूतावासहरूले शनिबार वार्ताको आह्वान गर्दै नागरिकको  सुरक्षा गर्न आग्रह गरेका छन् ।

युद्धको सुरुआती समयमा अमहारा सेनाहरूले पश्चिमी टिग्रे कब्जा गरी नियन्त्रणमा लिँदा विवादित दुवै क्षेत्रहरूले दावी गरेका छन् ।

इथियोपियाको दोस्रो बढी जनसङ्ख्या भएको क्षेत्र अमहारा सन् २०२३ अप्रिलदेखि द्वन्द्वग्रस्त छ भने सङ्घीय सरकारको देशका क्षेत्रीय सेनाहरूलाई ध्वस्त पार्ने निर्णयले द्वन्द्व निम्त्याएको थियो ।

टिग्रे शान्ति सम्झौताबाट विश्वासघात भएको महसुस गरिसकेका अमहारा राष्ट्रवादीहरूले यो कदमले आफ्नो क्षेत्रलाई कमजोर पार्ने बताएका छन् ।

 

प्रकाशित: ११ बैशाख २०८१, मंगलवार ११:४१

Leave a Reply