No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कर्णाली किड्स कपको उपाधि छत्रपाल आविलाई

0
सिमकोट  । हुम्लाको अदानचुली गाउँपालिकामा आयोजित  कर्णाली किड्स कप– २०८१ को उपाधि छत्रपाल आधारभूत विद्यालयले हात पारेको छ ।
मंगलबार भएको फाइनल खेलमा सूर्योदय माध्यमिक विद्यालयलाई ४–१ गोल अन्तरले पराजित गर्दै छत्रपाल आवि विजेता भएको हो ।
‘बालबालिकाका लागि खेलकुद’ भन्ने नाराका साथ शुक्रबारदेखि सुरु भएको कर्णाली किड्स कपको विजेताले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
तेस्रो उपाधी अदानचुली– १ को जनकल्याण आधारभूत विद्यालयले हात पारेको छ । उपविजेता सूर्योदय माविले २० हजार नगदसहित मेडल प्राप्त गरे । तृतीय हुने जनकल्याण आविले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । जनकल्याण  आविका हेमराज दानी प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए ।
प्रकाशित: ११ बैशाख २०८१, मंगलवार १४:१७

Leave a Reply