No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेसले भन्यो-संसद छलेर सरकारले अध्यादेश ल्याउन खोज्नु संविधान र संसदीय व्यवस्था विपरित

0

काठमाडौं । नेपाली कांग्रेसले सरकारले केही महत्वपूर्ण कानून संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शनिबार विज्ञप्ति जारी गरी सरकारले अध्यादेशमार्फत कानुन संशोधन गर्न लागेको भन्दै आपत्ति जनाएका हुन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय गरेको थियो ।

कांग्रेसले संसदको गत अधिवेशनमा कानुन ल्याउन पर्याप्त समय हुँदाहुँदै सरकारले कानुन नबनाई अध्यादेशको बाटो रोजेको आरोप लगाएको छ ।

प्रकाशित: १५ बैशाख २०८१, शनिबार ०८:४०

Leave a Reply