No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वेस्ट इन्डिज ‘ए’ को नेपालसामु २०५ रनको लक्ष्य प्रस्तुत

0

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो मैत्रिपूर्ण टी–२० प्रतियोगितामा नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले २०५ रनको लक्ष्य दिएको छ । टस हारेर व्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित ओभरको खेल सकिँदा पाँच विकेटको क्षतिमा २०४ रनको योगफल बनायो ।

वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेजले सर्वाधिक रनको ७४ रनको पारि खेले । ४५ बलको सामना गरेका चेजले नौ चौका र दुई छक्कासहित ७४ रन बनाए ।

ओपनर एलिक अथानाजेले २५ बलमा पाँच चौका र तीन छक्कासहित ४७ रन बनाउँदा केसी कार्टीले ३८ रन, कडिम एलेयनेले १४ र एन्ड्रे फ्लेचेरले १३ रन जोडे ।

नेपालका कमलसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए ।
वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज नेपाली टिममा अनिलकुमार साह, विवेक यादव र कमलसिंह ऐरीले मौका पाएका छन्

प्रकाशित: १५ बैशाख २०८१, शनिबार ०९:०६

Leave a Reply