No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

५२ सांसदको समर्थनमा कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी

0

विराटनगर । कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनले ५२ जना प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

यसअघि बुधबार राति प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । खापुङले शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । उनले सविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनको आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कोशीका मुख्यमन्त्री केदार कार्की बर्खास्त भएका छन् । यद्यपी कार्कीले भने प्रदेश प्रमुखको कदमलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएका छन् ।

प्रकाशित: २७ बैशाख २०८१, बिहीबार ०६:५६

Leave a Reply