No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रास्वपाले अपेक्षाकृत मत किन पाएन ? शिशिर खनालको विचार

0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले हालै सम्पन्न उपनिर्वाचनमा आफ्नो पार्टीले अघिल्लो चुनावको भन्दा चार गुणा मत बढाए पनि अपेक्षाकृत मत भने आउन नसकेको बताएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत खनालले ग्रामीण भूभागभन्दा बजारमा सापेक्षिक राम्रो मत आउनुले रास्वपाको अपील बजारमा सीमित रहेको देखिएको बताएका हुन् । उनले भनेका छन्, ‘स्थापित दलका पुराना पात्रभन्दा नयाँ पात्रले नै चुनाव जित्नुले नेपाली मतदाताले नयाँ पुस्तालाई खोजेको देखिन्छ ।’

इलाममा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुँदा रास्वपा उम्मेदवार मिलन लिम्बु भने ५ हजार ५० मतमा सीमित बन्दै जमानत जफत भएको छ ।

खनालले सामाजिक संजालमा यस्तो लेखेका छन्,

सुहाङलाई बधाई । संसदमा अब केही दिनमा स्वागत गरौंला
इलामको चुनावको केही सन्देश, केही प्रारम्भिक धारणाः
१. ठूला दलको भोट घट्यो । २०७९ को चुनावमा दुई ठुला दलको ९०% प्रतिशत भोट थियो तर त्यो अहिले घटेर ७२% मा घटेको छ।

२. एमाले ले जित्दै गर्दा पनि उसले २२०० कम मत ल्याएको छ तर सबैभन्दा ठुलो क्षय नेपाली काँग्रेसलाई भएको देखिन्छ। काँग्रेसलाई अघिल्लो पटकभन्दा झन्डै ८,००० मत कम आएको छ।

३ .  पूर्वी पहाडमा पहिचानवादी धारको जबरजस्त उपस्थिति छ भन्ने कुरा स्थापित त गरेको छ तर अझै त्यसले पूर्ण जन अनुमोदन हुन नसके पनि भविष्यमा हुने प्रादेशिक चुनावमार्फत प्रदेशको सरकारमा उसको प्रभाव बढ्न सक्छ ।

४. रास्वपाले अघिल्लो चुनाव भन्दा चार गुणा मत बढाएको छ। तर अपेक्षाकृत मत आएन । ग्रामीण भूभागमा भन्दा बजारमा सापेक्षिक राम्रो मत आउनुले रास्वपाको अपील बजारमा सीमित रहेको देखिन्छ।

५.  थपिएको नयाँ २००० मतदाताले स्थापित पुराना दललाई नपत्याएको देखिन्छ। यसले आगामी दिनमा वैकल्पिक र नयाँ दल लाई फाइदा नै पुग्ने छ।

६. स्थापित दलका पुराना पात्र भन्दा नयाँ पात्रले नै चुनाव जित्नुले, नयाँ पुस्ता नेपाली मतदाताले खोजेको देखिन्छ।

प्रकाशित: १८ बैशाख २०८१, मंगलवार ०६:१७

Leave a Reply