No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजारमा २५ अंकको बृद्धि

0

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । मंगलबार नेप्से २५ दशमलव ९३ अङ्कले बढेर दुई हजार ६ दशमलव २८ विन्दुमा पुगेको छ ।

फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, होटल, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । आज कर्पाेरेट विकास बैंक र इन्फिनिटी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पोखरा फाइनान्स समूहको शेयर भने सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

कारोबार रकम पनि बढेको छ । आज तीन सय २० वटा कम्पनीका एक करोड १८ लाख कित्ता शेयर चार अर्ब ८० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै साइन रेसुङ्गा विकास बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रकाशित: १८ बैशाख २०८१, मंगलवार १०:०३

Leave a Reply