No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमालेले भन्यो-कोशीका मुख्यमन्त्री कार्कीमाथि सदनको विशेषाधिकार हननमा कारबाही हुन सक्छ

0

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको संकल्प प्रस्ताव असंवैधानिक भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङलाई पत्र लेखेकोमा आपत्ति जनाएका छन् ।

बिहीबार प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गरी सत्तारुढ दलले मुख्यमन्त्री कार्कीलाई विशेषाधिकार हननमा कारबाही गर्न सक्ने चेतावनी दिएका हुन् । सार्वभौम संसदले दिएको निर्देशन असंवैधानिक करार गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई लेखेको पत्रले संसदको विशेषाधिकार हनन गरेको आरोप उनीहरुले लगाएका छन् ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीले संसदको अवहेलना गर्दै हिँडेको आरोप लगाए ।

उनले भने,’सदनले गरेको निर्णय चित्त नबुझे न्यायिक निरुपण गर्ने बाटो खुला छ, सर्वोच्च अदालतको बाटो खुला छ । मुख्यमन्त्री कार्कीले सदनले गरेको निर्णय नमान्ने भन्दै हिँड्नुभएको छ । अब सदन जतिबेला खुल्छ, त्यतिबेला सदन नै न्यायालय बनेर विशेषाधिकार हननमा कारबाही हुन सक्छ ।’

प्रदेश सभाले संकल्प प्रस्ताव कार्यान्वयनका लागि पत्र पठाएपछि मुख्यमन्त्री कार्कीले मुख्य न्यायाधिवक्तासँग राय मागेका थिए । उनले पनि विश्वासको मत दिनु नपर्ने र संकल्प प्रस्ताव संविधान विपरीत भएको राय दिएका थिए । त्यसआधारमा मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई संविधान विपरीत नयाँ सरकार गठनको प्रक्रिया अगाडि नबढाउन लिखित आग्रह गरेका छन् । मुख्यमन्त्री कार्कीले यसरी प्रदेश प्रमुखलाई पत्र पठाएपछि एमाले र माओवादी आक्रोशित भएका हुन् ।

प्रकाशित: २० बैशाख २०८१, बिहीबार ०७:३२

Leave a Reply