No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत नपाउने देखिएपछि प्रदेशसभा बैठक स्थगित

0

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि आज साँझ ५ बजे बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रमुख सत्ताधारी दल नेकपा एमालेले आज पनि विश्वास मत नदिने बताएपछि प्रदेशसभा बैठक अनिश्चितकालका स्थगित गरिएको हो । सोडारीले शुक्रबार पनि विश्वासको मत लिन खोजेका थिए ।

तर, मत जित्न नसक्ने खतरा भएपछि बैठक आजका लागि सारिएको थियो । आज पनि एमाले तयार नभएपछि बैठक नै अनिश्चित बनेको हो । सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विश्वासको मत लिन उनलाई ५ जेठसम्मको समय छ । उनी एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

प्रकाशित: २२ बैशाख २०८१, शनिबार ०९:३९

Leave a Reply