No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

0

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । आज दिउँसो बस्ने प्रदेशसभाबाट अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।

अधिकारी २५ चैतमा गण्डकीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेकपा एमालेका २२, माओवादी केन्द्रका (सभामुखसहित) ८ तथा स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा अधिकारीले मुख्यमन्त्रीमा दाबी पेस गरेर मुख्यमन्त्री नियुक्त भएका हुन् ।

तर, त्यसविरुद्ध निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले गरेको व्याख्याका आधारमा ३० मत पुगेमा मुख्यमन्त्रीले विश्वासको मत पाउने गठबन्धनका नेताहरूको दाबी छ । गण्डकीको प्रदेशसभा ६० सदस्यीय छ ।

प्रकाशित: २३ बैशाख २०८१, आईतवार ०२:१६

Leave a Reply