No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डडेल्धुरामा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

0

डडेल्धुरा । डडेल्धुरामा गएराति टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाको बेलापुरबाट ढुङ्गाड गइरहेको बागमती प्रदेश ०१–००१ क ५६५१ नम्बरको टिपर वडा नम्बर–४ सिरोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार दुर्घटनामा धादिङ घर भएका टिपर चालक ४० वर्षीय धिरज थापामगर र धादिङकै २७ वर्षीय विष्णु बिकको मृत्यु भएको छ ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ बस्ने २८ हिक्मत बिक र धादिङका ३१ वर्षीय सुदीप बिक घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको र डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २३ बैशाख २०८१, आईतवार ०३:१८

Leave a Reply