No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बाफलमा आगलागी, पाँचजना घाइते, तीनको अवस्था गम्भीर

0

ललितपुर । आगलागीबाट ललितपुरमा पाँच जना घाइते भएका छन् । ललितपुरको बाफलमा एउटा टहरोमा आगलागी हुँदा पाँच जना घाइते भएका हुन् ।

आइतबार बिहान आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनकाअनुसार मोबिल राखेको ठाउँमा आगलागी भएको हो ।

आगलागीबाट ३ वर्षकी प्रिया गिरी, ८ वर्षकी एसिला गिरी, १५ वर्षका मीत गिरी, सञ्जय गिरी र रुपा गिरी घाइते भएका छन् । उनीहरु एकै परिवारका रहेका प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणमा लिन पाँच वटा दमकलको प्रयोग गरिएको छ । घाइतेहरू पाँचै जनालाई किष्ट अस्पतालमा लगिएको छ । प्रहरीका अनुसार तीन जना बालकको अवस्था भने गम्भीर छ।

प्रकाशित: २३ बैशाख २०८१, आईतवार ०६:०१

Leave a Reply