No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

0

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । आइतबार सन्दीपको मुद्दा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।

पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो । अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो । तर आज पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको छ ।

प्रकाशित: २३ बैशाख २०८१, आईतवार ०६:३०

Leave a Reply