No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बजेटमा रोजगारी सृजना गर्ने योजनामा जोड दिन अर्थमन्त्रीलाई माओवादीसम्बद्ध विभाग प्रमुखहरुको सुझाव

0

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको पार्टी नेकपा (माओवादी केन्द्र) सम्वद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् ।

माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पुनले आइतबार विभिन्न विभागका प्रमुखसँग छलफल गरी सुझाव लिएका हुन् । मन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव र अर्थ तथा योजना विभाग प्रमुखसमेत हुन् । कार्यक्रममा विभागीय प्रमुखहरुले बजेटमा रोजगारी सृजना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गरे ।

बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक/सामाजिक रुपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रुपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उनीहरुको सुझाव थियो ।

अर्थमन्त्री पुनले सहभागितामूलक रुपमा बजेट निर्माण गरिने बताए । गठबन्धन दलका चुनावी प्रतिबद्धताअनुसार सरकारको नीति कार्यक्रम ल्याइने उनको भनाइ थियो । आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाए ।

प्रकाशित: २३ बैशाख २०८१, आईतवार १०:०५

Leave a Reply