No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

३० हजार घुससहित कपिलवस्तु मालपोतका नायब सुब्बा पक्राउ

0

काठमाडौं । मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा नरहरी खनाल घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले सेवाग्राहीसँग घुस लिएको अवस्थामा खनाललाई घुसहित पक्राउ गरेको हो ।

नासु खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले खनाललाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा कर्मचारी आवासबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रकाशित: २४ बैशाख २०८१, सोमबार १५:१६

Leave a Reply