No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको एकवर्ष म्याद थप

0

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष थपेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको समय ४ वर्षका. लािग भनेर तोकिएको भए पनि नयाँ कानुन बन्न बाकी रहेकाले म्याद थप गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन् ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति भन्ने हाम्रो रक्षा मन्त्रालयअन्तर्गत विकास समिति गठन आदेशबाट सञ्चालित छ । यसको समय ४ वर्षको. लािग भनेर तोकिएको रहेछ, यही २६ गते ४ वर्ष पुग्दै रहेछ र अहिले नयाँ विधेयक कानुन बनिनसकेको र गठन आदेशको समय पनि पूरा भइसक्ने हुनाले समितिको एक वर्ष म्याद थप गर्ने निर्णय गरिएको छ ।’

नेपाली सेनाको व्यवस्थापनमा २०८३ देखि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा नेशनल डिफेन्स कोर्स सुरु गर्ने सरकारको योजना हो । भौतिक पूर्वाधार र पाठ्यक्रम तयारी भने अन्तिम चरणमा पुगेको जनाइएको छ ।

प्रकाशित: २४ बैशाख २०८१, सोमबार १५:५९

Leave a Reply