No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

महाधिवेशनको विषयमा पार्टीमा निर्णय भइसकेकाले त्यो रोकिँदैनः उपेन्द्र यादव

0

काठमाडौँ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर स्वदेश फर्किएका छन् ।

राष्ट्रसङ्घको प्रधानकार्यालयमा भएको आयोगको बैठकमा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहँदा उपप्रधानमन्त्री यादवले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस तथा ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग बेग्लाबेग्लै भेटवार्ता गरी सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताए ।

उपप्रधानमन्त्रीले जलवायु परिवर्तन र नेपालजस्ता अति कमविकसित देशले भोग्नुपरेका समस्या र त्यसको असरका बारेमा चर्चा गर्दै दिगो पर्यटन विकास, अन्तर्राष्ट्रिय सहयोग तथा बहुपक्षीयताको महत्वका बारेमा विचार व्यक्त गरेका थिए ।

आयोगको बैठकमा स्वास्थ्यमन्त्री यादवले नेपालको स्वास्थ्य क्षेत्र, विशेषगरी मातृ तथा प्रजनन स्वास्थ्यमा भएको सुधार, दिगो विकासका लक्ष्य प्राप्ति तथा जलवायु परिवर्तनका असरबारे जानकारी दिँदै स्वास्थ्य क्षेत्रको सुधारका लागि राष्ट्रहरूबीच विश्वास, सद्भाव, ऐक्यबद्धता र सहयोग आदानप्रदान महत्त्वपूर्ण हुने बताएका थिए ।

यसैबीच अध्यक्ष यादवले पार्टीले निर्णय गरे अनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताएका छन् । उनले महाधिवेशनको विषयमा पार्टीमा निर्णय भइसकेको र त्यो नरोकिने बताए । जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । त्यसको तयारी चलिरहेको बेला अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको छ ।

अशोक राईले जनता समाजवादी पार्टी नामको पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेका छन्। जसपा नेपालमा १२ जना सांसद छन् । त्यसमध्ये सात जना सांसदले अशोक राइलाई साथ दिएका छन् भने पाँच जना उपेन्द्र यादवको साथमा रहेका छन् ।

प्रकाशित: २५ बैशाख २०८१, मंगलवार ०४:०५

Leave a Reply