No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकार ढाल्ने षड्यन्त्रको प्रतिरोध गर्ने सांसदहरुको संख्या अझै बढ्ने

0

ताप्लेजुङ । नेकपा एमालेका महासचिव शंकर पोरखेलले सरकार परिवर्तन गर्न अनेक षड्यन्त्रहरु भइरहेको बताएका छन् । उनले जसपा विभाजनको उदाहरण दिँदै त्यस्ता षड्यन्त्रको प्रतिरोधमा सांसदहरू नै उत्रिएर पहल लिन थालेको समेत बताए ।

मंगलबार बिहान ताप्लेजुङमा प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढाल्न भएका प्रयासलाई सांसदहरू नै असफल पार्न सक्रिय भएको दाबी गरे ।

उनले भने, ‘अहिले पनि सरकार परिवर्तन गर्नका लागि अनेक षड्यन्त्र भइरहेका छन् । तर त्यस्तो कार्यको प्रतिरोधमा सांसदहरु आफैँले पनि संगठित भएर प्रयास गर्न थालेका छन् । जसपाका सांसदहरूले त संगठितरुपमा नै एउटा प्रयास गरिसक्नुभएको छ । मलाई लाग्छ, त्यो क्रम अझै बढ्न सक्छ ।’

जसपाका सांसदहरूको विद्रोहलाई उनले विधिसम्मत र स्वभाविक भएको टिप्पणी गरे । ‘जनता समाजवादी पार्टीका सांसदले विद्रोह गरेर सरकार र वर्तमान सत्ता गठबन्धन जोगाउन पहल लिनुभएको छ । यो सकारात्मक पहल हो ।

प्रकाशित: २५ बैशाख २०८१, मंगलवार ०४:४२

Leave a Reply