No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रामेछाप जाने क्रममा बागमतीका मुख्यमन्त्री जम्कट्टेल बाटोमा अस्वस्थ, हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै

0

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । मंगलबार दिउँसो रामेछापको मन्थलीमा खानेपानी आयोजनाको उद्घाटनका लागि त्यसतर्फ जाने क्रममा अस्वस्थ भएपछि उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

मुख्यमन्त्री जम्कट्टेलको प्रेसर कम भएको र अक्सिजन लेभल कम देखिएको बताइएको छ । सुनकोशी गाउँपालिकाको खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि मुख्यमन्त्री जम्कट्टेललाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै छ ।

प्रकाशित: २५ बैशाख २०८१, मंगलवार ०८:११

Leave a Reply