No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शीर्ष नेताहरुको बैठकमा ओलीले भने-गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्छ, आफ्नो मागमा कांग्रेस अडिग

0

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको अडान यथावत राखेको छ ।

मंगलबार सभामुख देवराज घिमिरेले संसदको गतिरोध हटाउन प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा कांग्रेसले आफ्नो अडान यथावत राखेको हो ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुले बैठकमा संसदीय छानबिन समितिको माग यथावत राखेको जानकारी दिए । उनले गृहमन्त्री एउटा व्यक्ति मात्रै नभएकाले अरुको छानबिन गर्ने गृहमन्त्रीको छानबिन नगर्ने भन्ने नहुने बताए ।

उनले भने, ‘गृहमन्त्रीको सहकारी ठगीमा संलग्नता देखिएको छ । हामीले संसदीय छानबिन समितिको माग गरेको छौं । हामीलाई विश्वास छ सरकारले समिति बनाउँछ । अब सदन चल्ने नचल्ने विषय सरकारको क्रियाकलापमा भरपर्छ ।’

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेलाई सदनमा बोल्न दिनुपर्ने बताएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले एमाले अध्यक्ष ओलीले उहाँमाथि प्रश्न उठेपछि बोल्न पाउनुपर्ने बताएका थिए ।

ओलीको भनाइ उदृत गर्दै परियारले भने, ‘एमाले अध्यक्ष ओलीजीले गृहमन्त्रीलाई संसद्मा बोल्न दिनुपर्छ भन्नुभयो । उहाँमाथि प्रश्न उठेपछि त्यसबारे स्पष्ट पार्न दिनुपर्छ, यो न्यायाको सामान्य सिद्धान्त हो।’

प्रकाशित: २५ बैशाख २०८१, मंगलवार ०८:५८

Leave a Reply