No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको नर्भिकमा उपचार हुँदै

0

काठमाडौं । अचानक स्वास्थ्यमा समस्या आएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई रामेछापबाट हेलिकोप्टरमा उद्धार गरी काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उनको उपचार भइरहेको र अहिले स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको सचिवालयले जानकारी दिएको छ । रामेछापको मन्थलीमा खानेपानी आयोजनाको उद्घाटनका लागि जाँदै गर्दा जम्कट्टेल बाटैमा अस्वस्थ भएका थिए । त्यसपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो । उनलाई उच्च रक्तचापको समस्या भएको बताइएको छ ।

प्रकाशित: २५ बैशाख २०८१, मंगलवार ११:०९

Leave a Reply