No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शेयर बजारमा सामान्य बृद्धि

0

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य घटेको छ । मंगलबार नेप्से दुई दशमलव शून्य छ अङ्कले बढेर एक हजार नौ सय ६० दशमलव ८१ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेको छ । आज हिमालयन लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (तराई) कम्पनीको शेयर भने छ प्रतिशतभन्दा धेरैले घटेको छ ।

सामान्य बजार बढेको दिन कारोबार रकम भने घटेको छ । आज तीन सय १४ वटा कम्पनीका ५० लाख ६४ हजार कित्ता शेयर दुई अर्ब १४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीको आठ करोड रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।

प्रकाशित: २५ बैशाख २०८१, मंगलवार ११:२५

Leave a Reply