No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

0

 

दक्षिणी पेरुको पुनो क्षेत्रमा एउटा यात्रु बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । ट्रान्सपोर्टेस टुरिज्मो युनिभर्सल नामक कम्पनीद्वारा सञ्चालित अन्तरप्रदेशीय बस पुनो–कुस्को मार्गमा जाँदै गर्दा स्थानीय समय अनुसार सोमबार दिउँसो करिब २ बजे दुर्घटना भएको सरकारी समाचार एजेन्सी एन्डिनाले जनाएको छ ।

पुनो राजमार्ग प्रहरीका प्रमुख डेभिड सोटा परेडेसले रेडियो प्रोग्रामासलाई बसमा २४ जना यात्रुसहित कस्को सहरतर्फ गइरहेको बताउनुभयो । पीडितमध्ये छ महिनाको बच्चा पनि रहेको राष्ट्रिय प्रहरीले उदृत गरेको छ ।

राज्य सञ्चालित टिभी पेरु नोटिसियाले केही गम्भीरसहित घाइतेहरूलाई सान जुआन डे डिओस अयाभिरी अस्पताल र सान्ता रोजा जिल्लाको क्लिनिकमा उपचारका लागि लगिएको जानकारी गराएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

प्रकाशित: २५ बैशाख २०८१, मंगलवार १२:२४

Leave a Reply