No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणः सुनिल पौडेललाई ९ वर्ष कैद सजायको फैसला

0

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्षको कैद सजाय सुनाइएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई वैशाख ७ गते नै भ्रष्टाचारी ठहर गरेको थियो ।

उनले मंगलबार सजाय तोकिएको हो । अदालतले पौडेलसँग २३ करोड २६ लाख ५८ हजार रूपैयाँ बिगो असुल गरी त्यति नै रकम जरिवाना भराउने फैसला पनि गरेको छ । नेसनल पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले उनीसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसमध्ये आठ जनाले सफाइ पाएका थिए।

 

प्रकाशित: २५ बैशाख २०८१, मंगलवार १२:४६

Leave a Reply