No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जेलमा रहेका व्यक्ति छुटाइदिन्छु भनी ३० लाख ठगेर फरार भएका व्यक्ति पक्राउ

0

काठमाडौं । थुनामा रहेका व्यक्ति छुटाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग लाखौं रुपैयाँ लिएर फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । न्यायाधीशसँग सेटिङ गरेर मुद्दा जिताइदिने र कारागारमुक्त गराइदिने भन्दै ठगी गरेको आरोपमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएका ३७ वर्षीय कृष्ण कार्की पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोल्टीमोडबाट पक्राउ गरेको हो । उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ । भन्सार छलीको मुद्दामा कारागारमा रहेका लमजुङका बिलबहादुर गुरुङलाई छुटाइदिने भन्दै उनले ७ लाख रुपैयाँ लिएको आरोप लागेको छ ।

त्यस्तै जग्गा सम्बन्धीको मुद्दा मिलाइदिन्छु भन्दै धादिङ घर भएका भरत गुरुङसँग पनि २३ लाख रुपैयाँ ठगी गरेको आरोपपनि कार्कीमाथि छ । गुरुङको ललितपुरमा एउटा जग्गा सम्बन्धी विवाद रहेका बेला आफ्नो न्यायाधीशसँग राम्रो सम्बन्ध रहेको भन्दै केश मिलाइदिने भनेर उनले २३ लाख रुपैयाँ लिएको देखिएको प्रहरीको भनाइ छ ।

प्रकाशित: २५ बैशाख २०८१, मंगलवार १४:०८

Leave a Reply