No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकारमा रहने, नरहने बाँकी परिस्थिति कसरी विकास हुन्छ भन्नेमा निर्भर गर्छः अध्यक्ष यादव

0

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा र नेकपा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर वर्तमान सरकार ढाल्ने भयो भन्ने भ्रमपूर्ण र निराधार हल्ला चलाएको बताएका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी अध्यक्ष यादवले आफू विदेश गएको मौका छोपी निराधार हल्ला चलाएर गैरकानूनी र असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरेको बताए ।

उनले भने, ‘म विदेश गएको बेला जसपा र नेकपा एकीकृत समाजवादीले कांग्रेससँग मिलेर यो सरकार ढाल्ने भो भनेर हल्ला चलाइयो । त्यो हल्ला निराधार र कपोलकल्पित  हल्ला हो । निराधार त्यही हल्लालाई कसैकसैले मौका छोपेर पार्टी भित्र महाधिवेशनको तयारी भइरहेको बेला व्यक्तिगत स्वार्थबाट प्रेरित व्यक्तिले हल्लाको कारणले फाइदा उठाउने गरी पार्टी फुटाएको घोषणा गरे र निर्वाचन आयोगमा गैरकानुनी रुपमा असंवैधानिक ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरे रे । नेपालको इतिहासमा यति छिटो पार्टी दर्ताको प्रमाणपत्र दर्ता गरेको यो पहिलो पटक हो ।’

उनले आफू देश बाहिर रहेको बेला पार्टी विभाजन प्रधानमन्त्रीलाई भ्रममा परेको महसुस भएको बताए । उनले भने, ‘अमेरिकाबाट फर्किएलगत्तै प्रधानमन्त्रीलाई भेटें। जुन हौवा फिजाइयो, उहाँ पनि त्यो भ्रममा परेको भन्ने बुझियो ।’

उनले सरकारप्रति निरन्तर समर्थन रहने र बाँकी कसरी परिस्थिति विकास हुन्छ भन्नेमा निर्भर हुने बताए । उनले आफूले कार्यवाहक अध्यक्षको पद दिएकै व्यक्तिले पार्टी फुटाएर हिँडेको बताए ।

उनले लाखौँ पार्टी सदस्य र नेताहरू आफूहरुको समर्थनमा नै रहेको भन्दै ५/७ सांसदहरूलाई मन्त्री बनाइदिने प्रलोभनमा पारी खर्च गरेर भएपनि भेला पारेर पार्टी फुटाए भनेर गरेको जनआधार प्रचारले पार्टीलाई असर नपरी अझै सुदृढ भएर जाने विश्वस व्यक्त गरे ।

अध्यक्ष यादवले पार्टी विभाजनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने पनि बताए । उनले भने, ‘नयाँ दल दर्ता असंवैधानिक छ । त्यसको कानुनी हैसियत छैन। त्यसविरुद्ध हामी अदालत जान्छौँ। कानुनी र राजनीतिक लडाई लड्छौँ।’

प्रकाशित: २६ बैशाख २०८१, बुधबार ०७:४९

Leave a Reply