No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अहिलेको सत्ता समीकरण भत्काउन कांग्रेसलाई हतारो छैनः रमेश लेखक

0

काठमाडौँ । नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले वैकल्पि गठबन्धनकाबारेमा एमालेसँग कुनै ठोस छलफल नभएको बताएका छन् । बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकारहरुसँगको छलफलमा मुख्य सचेतक लेखकले वर्तमान सरकारको विकल्पमा नयाँ सरकार गठन गर्ने बिषयमा एमालेसँग कुनै ठोस छलफल नभएको बताएका हुन् ।

उनले अहिलेनै आफुहरु वर्तमान सत्ता गठबन्धन भत्काउने पक्षमा नरहेको बताए । साना दलहरु मिलेर सरकार बनाउँदा पटक पटक परिवर्तन भइरहने अवस्थामा ठूला दलहरु मिलेर सरकार बनाउनु उपयुक्त हुने जनमानसमा धारणा उव्जिएको उनले बताए । राजनीतिमा वार्ता संवाद निरन्तर भइरहने भएपनि अहिलेको समीकरणलाई भत्काउन कांग्रेसले हतारो नगर्ने उनले बताए ।

त्यस्तै लेखकले सहकारी प्रकरणमा गृहमन्त्रीमात्रै नभएर समग्र सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि छानविन आयोग गठन गर्नुपर्छ भन्नेमा प्रष्ट रहेको धारणा राखे । संसदको आगामी अधिवेशनमा पार्टीको रणनीतिका बिषयमा बिहीबार बस्ने संसदीय दलको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए ।

लेखकले अहिले सदनमा सत्तापक्षले प्रतिपक्षीलाई वेवास्ता गर्न खोजेको र सरकारले पनि प्रतिपक्षीले उठाएका बिषयलाई गम्भीरता नदेखाएको जिकिर गरे । उनले संसदलाई प्रभावकारी रुपमा अघि बढाउने दायित्व सरकारको भएको बताए ।

प्रकाशित: २६ बैशाख २०८१, बुधबार ०९:४५

Leave a Reply