No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोशीमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन प्रदेश प्रमुखलाई एमाले र माओवादीको पत्र

0

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न माग गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने समय गुजारेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आग्रह गरेका हुन् ।

त्यसका लागि एमाले संसदीय दलका नेता हिक्मत कार्की र माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र आङ्बोले प्रदेश प्रमुख परशुराम खापुङलाई निवेदन दिएका हुन् ।

त्यसअघि एमाले र माओवादी केन्द्रले प्रदेशसभाबाट वैशाख ७ को संकल्प प्रस्तावको निर्देशनअनुसार मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वास मत लिए/नलिएको जानकारी लिएका थिए । जसअनुसार मुख्यमन्त्रीले विश्वासको मत नलिएको जानकारी प्रदेशसभा सचिवालयबाट पाएपछि उनीहरूले नयाँ सरकार गठनको प्रक्रिया थाल्न मुख्यमन्त्रीलाई आग्रह गरेका हुन् ।

प्रकाशित: २६ बैशाख २०८१, बुधबार १०:२४

Leave a Reply