No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोशीमा संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान

0

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको आव्हान गरेका छन् ।

बुधबार एमाले र माओवादीले दिएको निवेदनका आधारमा प्रदेश प्रमुख खापुङले बुधबार राति शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर सरकार गठनको आह्वान गरेका हुन् ।

प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दाबी पेश गर्न प्रदेश प्रमुखले आव्हान गरेका हुन् । मुख्यमन्त्री केदार कार्की पनि संविधानको सोही उपधारा अनुसार नियुक्त भएका हुन् ।

नयाँ सरकार गठनको आह्वान भएसँगै प्रदेश सभाको दोस्रो कार्यकालमा कोशीमा छैटौं पटक सरकार बन्न लागेको हो। यसअघि एमालेका हिक्मत कार्की दुई पटक, कांग्रेस नेता उद्धव थापा दुई पटक र कांग्रेसकै केदार कार्की एकपटक मुख्यमन्त्री बनेका छन्। एमाले नेता हिक्मत कार्की यही कार्यकालमा तेस्रो पटक प्रदेशको मुख्यमन्त्री बन्ने भएका हुन् ।

प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेसँगै केदार कार्की कामचलाउ मुख्यमन्त्री बनेका छन्। नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरू भएसँगै कार्की पदमुक्त बन्नेछन् ।

प्रकाशित: २६ बैशाख २०८१, बुधबार १८:०५

Leave a Reply