No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उपेन्द यादवले महाधिवेशन नै अनियमित ढङ्गले गर्न खोजेपछि पार्टी विभाजनः अशोक राई

0

काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्ष अशोक राई पक्षले उपेन्द यादवले महाधिवेशन नै अनियमित ढङ्गले गर्न खोजेको र पार्टी कब्जा गरेर आफ्नो मुठ्ठीभित्र राख्ने प्रयास गरेकाले पार्टी विभाजन गर्नु परेको बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राईले महाधिवेशन नै अनियमित ढङ्गले कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्ने प्रयत्न गरेकाले पार्टी विभाजन गरेको बताएका हुन् । उनले यादव अमेरिका जानुअघि नै सबै पार्टीका नेताहरुसँग छलफल नगरी परिपत्र गरेर विदेश उडेको र वातावरण नै त्यस्तै सृजना गरिदिएको बताए ।

उनले जसपाले विधान विपरीत गएर पार्टी चलाइरहेको पनि बताए । उनले महाधिवेशन अनियमित ढङ्गले अघि बढाएको, सदस्यताको रेकर्डपनि प्रमाणित गर्न नपाएको, लाखौं मानिसका नाम सदस्यमा राख्ने, संगठित सदस्यता र पार्टी सदस्यता दुई व्यवस्था भएपनि त्यसमा गम्भीर नबनेको बताए ।

महाधिवेशनका प्रतिनिधिहरु छान्ने अनुपात पनि कुनै सन्तुलित ढङ्गले नगरेको र पार्टी कब्जा गर्ने नियतका साथ अघि बढेको राईको आरोप छ ।
आजसम्म जनता समाजवादी पार्टी नेपाललाई जसरी नेतृत्व प्रदान गरियो सोही अनुसारको उन्नति भने गर्न नसकेको उनको भनाइ छ । घट्दो जनताको आकर्षणलाई पुनः स्थापित गर्न सकिन्छ भन्ने अठोटकासाथ आफूहरु अगाडि आएको उनको भनाइ थियो ।

प्रकाशित: २७ बैशाख २०८१, बिहीबार ११:०९

Leave a Reply