No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पाँचखालमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव फेला

0

काभ्रे । काभ्रेमा रुखमा बाँधेर जलाइएको अवस्थामा एक पुरुषको शव भेटिएको छ । काभ्रेको पाँचखाल नगरपालिका– ४ स्थित रुखमा ती पुरुषलाई बाँधेर आगो लगाइएको अवस्थामा शव फेला परेको स्थानीयले बताएका छन् ।

पाँचखाल नगरपालिका– ४ फेदी र जिरोकिलोको बीचमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरी चौकी पाँचखालका प्रहरी निरीक्षक राजाराम खतिवडाले जानकारी दिए । उनका अनुसार शवको मुख र छातीमा तारले बाँधेको र रुखमा बाँधेर जलाइको अवस्थामा शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन ।

उनका अनुसार शव कुनै पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको उल्लेख गरे ।शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने अनुमान गरिएको छ । घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको प्रहरीको अनुसन्धान टोली पुग्दै गरेको बताइएको छ ।

प्रकाशित: २८ बैशाख २०८१, शुक्रबार ०६:००

Leave a Reply