No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन कांग्रेसको बटमलाइन

0

काठमाडौं । सरकारले राज्यका अंगहरूको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई जोगाउन सरकारले राज्यका निकायहरूको दुरुपयोग गरेको निष्कर्ष निकाल्दै त्यसो नगर्न चेतावनी दिएको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले राज्यका अंगको दुरुपयोग नगर्न सरकारलाई चेतावनी दिए । उनले सहकारीको रकम अपचलन र ठगी भएको विषय एक राजनीतिक दलको मात्र नभएर नागरिकको विषय भइसकेको बताए ।

उनले भने,’सहकारी ठगीमा गृहमन्त्रीको संलग्नता रहेको तमाम तथ्य र प्रमाण छन् । संलग्नहरूलाई कारबाही गर्न संसदीय समिति गठनको माग गरेका छौँ । सरकार गैरजिम्मेवार भयो । पहिले सरकार अधिवेशन अन्त्य गरेर भागेको थियो । सरकारलाई जिम्मेवार हुन आग्रह गरेका छौँ ।’

बैठकले लामिछानेमाथि संसदीय छानबिन समिति गठनको आफ्नो माग पूरा नगरे संसद् बैठक चल्न नसक्ने निर्णय पनि गरेको छ ।

प्रकाशित: २८ बैशाख २०८१, शुक्रबार ०७:१०

Leave a Reply