No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति आवश्यक छैनः अध्यक्ष ओली

0

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग स्वीकार गर्न नसकिने बताएका छन् । शुक्रबार पार्टी संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कांग्रेसले सहकारी छानबिनको माग गर्नुका पछाडि रवि लामिछानेलाई मन्त्रीबाट हटाउने उद्देश्य रहेकोले बताएका हुन् ।

उनले कांग्रेसको मागका पक्षमा उभिन नसकिने बताए । उनले सहकारीमा देखिएको समस्या समाधान गर्न सरकारले कमद चाल्नुपर्ने बताए । उनले यसका लागि संसदीय समिति आवश्यक नभएको बताए ।

उनले भने,‘ सहकारीका समस्या समाधानका लागि सरकारले कदम चाल्नुपर्छ । अर्को छानबिन आवश्यक छैन । कांग्रेसका साथीहरु हामीले रविजीको राजीनामा मागेको छैन भन्नु हुन्छ । तर छानबिन समिति बनाइसकेपछि राजीनामाको खेल खेल्नुहुन्छ ।’

अध्यक्ष ओलीले लामिछानेले कांग्रेसको प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेपछि सहकारीको फाइल बोकेर हिँडेको आरोप लगाए । उनले राजनीतिमा यस्ता छुद्र खेल नखेल्न कांग्रेसलाई आग्रह गरे । उनले लामिछानेविरुद्ध कतै उजुरी नपरेको र छानबिन नभएको भन्दै महान्यायाधिवक्ताको कार्यालयले पत्र लेखिसकेको बताए ।

प्रकाशित: २८ बैशाख २०८१, शुक्रबार ०८:१९

Leave a Reply