No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गृहमन्त्रीलाई रोष्ट्रम जान कांग्रेसको अवरोध, संसद बैठक जेठ एक गतेसम्मका लागि स्थगित

0

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारबो दोस्रोपटक बसेको बैठकमा पनि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १ जेठसम्मका लागि बैठक स्थगित गरेका छन् । दोस्रो बैठकमा सभामुख घिमिरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएका थिए ।

मन्त्री लामिछाने बोल्न तयार भइरहँदा कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका हुन् । उनीहरू सहकारी ठगलाई कारबाही गर, संसदीय छानबिन समिति गठन गर भन्दै नाराबाजी गरेका थिए ।

अब १ जेठ साँझ ६ बजे बैठक बस्ने उनले घोषणा गरे । दोस्रो बैठक सुरु भएलगत्तै कांग्रेसको सांसदहरू वेल घेराउ गर्न पुगेका थिए । यसअघि आजै पहिलोपटक बसेको बैठकमा पनि कांग्रेसका सांसदहरूले वेल घेराउ गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको थियो ।

प्रकाशित: २८ बैशाख २०८१, शुक्रबार १२:३१

Leave a Reply