No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रविको प्रश्नः एक पटक मेरो कुरा सुन्न कांग्रेस किन डराएको ?

0

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई सहकारीबाट आफूले ऋण लिन निवेदन दिएको प्रमाणित भए राजनीति छोड्ने चुनौती दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दैै गृहमन्त्री लामिछानेले कांग्रेस महामन्त्री थापालाई ऋण लिएको प्रमाणित गर्न चुनौती दिएका हुन् ।

उनले भने, ‘आज संसद बैठकमा गगन थापाजीले मैले ऋण लिएको प्रमाण छ भनेर भन्नुभयो । यदि मैले ऋण लिन निवेदन दिएको प्रमाणित भए राजनीति छाड्छु । यदि भएन भने गगनजीले राजनीति छाड्ने हो ? यस उहाँलाई चुनौती दिन्छु ।’

उनले आफूलाई संसदमा बोल्न नदिएर कांग्रेस डराएको आरोप लगाए । लामिछानेले आफूलाई बोल्न दिन कांग्रेस डराएको दाबी गरे । उनले प्रश्न गरे, ‘निरन्तर दुई महिनासम्म आरोप गरिरहने अनि किन डराएको भन्ने ? एक पटक मेरो कुरा सुन्न किन डराएको ?’

 

प्रकाशित: २८ बैशाख २०८१, शुक्रबार १३:४८

Leave a Reply