No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमसीसीमा पनि महाकाली सन्धिमा जस्तै जनता ठग्ने काम हुँदैछः भीम रावल

0

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले महाकाली सन्धिमा जस्तै एमसीसीमा पनि जनता ठग्ने काम हुन थालेको बताएका छन् ।

आइतबार सामाजिक संजालमार्फत रावलले एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ’व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा ’व्याख्यात्मक टिप्पणी’ बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो । यो महाकाली सन्धिको ’संकल्प प्रस्ताव’ जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो । देशघाती चरित्र !’

एमसीसी यथास्थितिमा पास गर्न सत्ता गठबन्धनकै दल सहमत नभएपछि गठबन्धन दलहरुबीच नै संकल्प प्रस्ताव वा ’व्याख्यात्मक टिप्पणी’ बाट पास गर्ने तयारी भएको समाचार सार्वजनिक भएको सन्दर्भमा रावलको यस्तो भनाई आएको हो । एमसीसीमाथि छलफल गर्न आज दिउँसो एक बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

 

प्रकाशित: १५ फाल्गुन २०७८, आईतवार ०४:००

Leave a Reply