No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उमेशसिंह थानी निगमको कार्यकारी निर्देशक नियुक्त

0

काठमाडौँ । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशसिंह थानीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थानीलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

सुरेन्द्रकुमार पौडेलले कार्यकाल पूरा गरेर बिदा भएपछि नेतृत्वविहीन बनेको निगममा यसअघि सरकारले सुशील भट्टराई कामु कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

पुस २५ गतेदेखि माघ १६ गतेसम्म निगमको कार्यकारी निर्देशकका लागि इच्छुक र योग्यता पुगेका व्यक्तिसँग आवेदन माग गरिएको थियो । फागुन १२ गतेबाट छनोट समितिले आवेदकको अन्तरर्वाता सुरु गरेको थियो ।

प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार १६:५५

Leave a Reply