No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कम्तिमा यति त गर्ने आँट गरौं

0

लेखनाथ न्यौपाने ।
१. पार्टीभित्र गनाएका, समर्थक जनताले गम्भीर प्रश्न उठाएका र समाजले औंला उठाएकालाई आन्तरिक प्रशिक्षण र सार्वजनिक सभामा ठालु बनाएर उभ्याउने काम नगरौं । त्यस्ता पात्रहरुले आन्दोलनलाई बदनाम, पार्टीलाई अलोकप्रिय र चुनावमा जनमत घटाउने काम गरिरहेका छन् ।

२. कम्युनिस्ट पार्टीको नेता बनेर घाँटीमा सुनको साङ्लो लगाउने, अ‍ौंलैपिच्छे अ‍ौंठी लगाएर त्यही हातले माइक समात्ने र सुन प्रदर्शन गर्ने अनि श्रमिकहरुको मुक्तिको गफ दिनेहरुका कारण लोक हाँसेको छ, कार्यकर्ता निराश भएका छन् र जनमत बिग्रेको छ । यस्ता पात्रहरुलाई मञ्चमा नराखौं । अतिथि/वक्ता त बनाउदै नबनाअ‍ौं ।

३. आन्दोलनले दिएको अख्तियारी (सार्वजनिक जिम्मेवारी) को दुरुपयोग गरेर सम्पत्ति थोपर्ने, अवसरहरु आफू र आफ्नालाई मात्र आवश्यक ठान्नेहरुलाई प्रशिक्षक बनाउने काम कुनै कमिटीले नगरौं । तपाईहरुले त्यस्ता पात्रलाई बोक्नुभयो भने तपाईलाई मतदाता/जनतासँग दैनिक सहकार्य गर्न निकै गाह्रो हुन्छ ।

प्रकाशित: २७ चैत्र २०७८, आईतवार ०६:४७

Leave a Reply