No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजसंस्था र राजाका समर्थक र शुभेच्छुकहरूको प्रजातान्त्रिक राष्ट्रहरूको समूहप्रतिको विद्वेष उपयुक्त होइन कि ?

0

केशवप्रसाद भट्टराई ।
१. राजावादी भनेर चिनिएकाहरू, पहिलाका उग्र कम्युनिस्ट र हाल राजसंस्थाको पक्षमा देखिएकाहरू र हाल पनि उग्र वामपन्थकै पक्षमा रहेकाहरू वर्तमानमा रूस –युक्रेन युद्धमा रूसको पक्षमा खुलेआम देखिन्छन् । अमेरिका विरूद्ध निन्दा, घृणा, विरोध र असन्तोष पोखिरहेका पाइन्छन् ।
२. एउटा महाशक्तिले आफ्नो सानो छिमेकी विरुद्ध बर्बर र आपराधिक आक्रमणगर्दा आक्रमणकारीको पक्षमा देखिनुलाई मैले त त्राषदरूपमा बुझेको छु । भारतलाई त उनीहरू नेपालको दुश्मन नै मान्दछन् । उनीहरू चीनको शक्ति र प्रभावलाई बढाई चढाई गरेर अमेरिका आजै सिद्धियो भोलि नै सिद्धियो भन्ने जस्ता लेख र अन्तर्वार्ता दिइरहेका देखिन्छन् । तिनले भन्ने लेख्ने कुरा एउटा भयो ।

३. तर राजा निकट र राजसंस्थाका इमान्दार समर्थक भनेर चिनिएकाहरू, वौद्धिक, विश्लेषक र विज्ञ भनिनेहरू अमेरिका र भारत विरुद्ध निन्दा र घृणा अभियानमा संलग्न देखिँदा अन्तर्राष्ट्रिय समुदायमा त्यसको संदेश के जान्छ होला ? यद्धपि त्यस्ता लेख,विचार र अन्तर्वार्ताहरूको प्रकाशनमा दरवार प्रतक्ष वा परोक्षरूपमा संलग्न छ भन्ने मलाई लाग्दैन ।
तर राजसंस्थाका समर्थक र शुभेच्छुकहरू त्यस्तो अभियानमा संलग्न हुँदा त्यसले परोक्षरूपमा राजसंस्थाको पुनर्स्थापना (?)मा सघाऊ नपुर्याउला कि ?

राजसंस्थाको प्रजातान्त्रिक परिचय निर्माण हुनुपर्दछ र विश्वका प्रजातान्त्रिक राष्ट्रहरूको समूह र राजसंस्थावीच दूरी रहनुहुन्न भन्ने मेरो मान्यता पराजित हुँदै गैरहेको देख्छु म त !

४. नेपालको राजसंस्था विरुद्ध भारत र पश्चिमा राष्ट्रहरू लागेका हुन् तर त्यसलाई कार्यान्वयन गर्ने त नेपालकै राजनीतिक दलहरू हुन् ।
भारत र पश्चिमी मुलुकहरूले माओवादी विद्रोहलाई उपयोग गरेर नेपालबाट राजसँस्थालाई बिदाईगरे भनेर मान्ने हो भने स्वयम् दरवार र नेपाली सेनाका उच्च अधिकारीहरूले पनि माओवादीसँग सहकार्य गरेको देखिएकै हो । केका लागि थियो त्यो सहकार्य ? आफैंमा प्रष्ट छैन र ?
कसैलाई एकोहोरो गाली गरेर निन्दा , घृणा र द्वेष पोखेर होइन होइन, सवैले म म भनेर आफूले कहाँ कहाँ के के गरियो भनेर समीक्षा पनि गर्ने हो कि ?

 

 

प्रकाशित: ६ बैशाख २०७९, मंगलवार ०३:१७

Leave a Reply