No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वरियता मिचेर आईजीपी नियुक्ति गरिएको भन्दै शेखर कोइरालाको आपत्ति

0

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल प्रहरीको आइजिपी नियुक्त गर्दा विधिको शासनको खिल्ली उडाउने काम भएको बताएका छन् । मन्त्रिपरिषद बैठकले धिरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेकोप्रति कोइरालाले आपत्ति जनाएका छन् । तेस्रो बरियतामा रहेका सिंहलाई आइजीपी बनाइएको भन्दै कोइरालाले आपत्ति जनाएका हुन् ।

उनले भनेका छन्, ‘वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने सरकारको निर्णयले बिधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ।’

 

प्रकाशित: १८ बैशाख २०७९, आईतवार ११:०८

Leave a Reply